वीरगन्ज कोरोनाको सबैभन्दा बढी जोखिम भएको मध्य एक हो । सो क्षेत्रमा समुदायमै कोरोना फैलिएको आँकलन स्थानिय तहले गरेको छ । दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको प्रत्यक्ष संम्पर्कमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी लगायत पनि संक्रमित हुन थालेका छन् । यस्तो अवस्थामा संक्रमितसंग प्रत्यक्ष सम्पर्कमा जादा हुने जोखिमवाट बच्न रोबोर्टवाट खाना दिने सिस्टम तयार पारिएको छ । जसलाई सिस्टर रोबोट भनिएको छ ।
सानो पाइला संस्था वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा सिस्टर रोबोट तयार पारेको हो । सो रोबोट संस्थाले वीरगंजको कोभिड अस्पताललाई हस्तान्तरण गरेको छ । अब सोही रोबोटले अस्पतालमा उपचार गराई रहेका संक्रमतिहरुको लागि खाना, औषधि तथा अत्यावश्यक समान लैजाने भएको हो।
सानो पाइला संस्थाका कर्मचारी तथा भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले मिलेर यस्तो रोबोर्ट बनाएका हुन् । संक्रमितलाई खाना, नास्ता, पानी, औषधिलगायत कामको लागि स्वास्थ्यकर्मीहरु अब संक्रमित नजिक जान नपर्ने भएको छ ।




















प्रतिक्रिया