जिल्लामा ‘स्क्रब टाइफस’ का बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार २ महिला र ३ पुरुष गरी पाँच जनामा ‘स्क्रब टाइफस’ को संक्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका २ महिला र १ पुरुष तथा व्याँस गाउँपालिकाका १ पुरुषमा ‘स्क्रब टाइफस’ को संक्रमण देखिएको जिल्ला अस्पतालका डा. गजेन्द्र दुवालले बताउनुभयो ।
उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको र एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अन्यको सामान्य अवस्था छ । ‘स्क्रब टाइफस’ को जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि मालिकार्जुन गाउँपालिका ‘स्क्रब टाइफस’को लक्षण देखिएको थियो ।




















प्रतिक्रिया