Logo

प्रमुख समाचार

जन्मकैद पाएका हत्याका ५ जना ११ वर्षपछि पक्राउ



म्याग्दी जिल्ला अदालतबाट जन्मकैद पाएका हत्याका ५ जना फरार प्रतिवादी ११ वर्षपछि पोखराबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएका विशेष टोलीले फरार प्रतिवादी पक्राउ गरेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरण कुँवरले बताए।

पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका– ४ का बलमान घर्ती, रुमका तिर्थेन्द्र घर्ती मगर, जीवन घर्ती मगर, दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन छन्। पक्राउ परेका दुर्गाबहादुर र दलप्रसाद बालबालिका भएकाले आधा सजाय स्वरूप १० वर्ष कैद र अन्य ३ जनालाई २० वर्ष कैद सजाय रहेको डिएसपी कुँवरले बताए।

उनीहरूले फुटबल प्रतियोगिता हारेपछि तमानका २१ वर्षीय नारायण छन्त्यालको हत्या गरेका थिए। म्याग्दीको चिउरीबोटमा २०६६ फागुन ११ गते महाशिवरात्रीको अवसरमा स्थानीय दार्जिङखोला युवा क्लबले उक्त आयोजना गरेको फुटबल प्रतियोगितामा आयोजना गरेको थियो।

पोखराबाट मंगलबार पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत म्याग्दीमा बुझाएको र उनीहरूलाई कैद सजायका लागि अदालतले बुधबार कारागार चलान गरेको छ। म्याग्दी प्रहरीले चलाएको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत हालसम्म १९ जना पक्राउ परिसकेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।