Logo

प्रमुख समाचार

सरिता गिरिको ठाउँमा सांसद बनेकी सिटौलाले लिइन शपथ



जनता समाजवादी पाार्टीबाट नव नियुक्त सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनियताको शपथ लिएकी छन् । सिंहदरबार स्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

विधान संशोधन प्रस्तावमा पार्टी ह्वीप उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निश्काषन गरेपछि रिक्त स्थानमा सिटौला सांसद भएकी हुन् ।
ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला तत्कालिन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा रहेकी थिइन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।