Logo

स्वास्थ्य

नागरिकहरु आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत बन्न सरकारको आग्रह



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नघटेको सरकारले स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम अर्थ तथा सुचना सञ्चार मन्त्री डा. युवराज खतिवडाले नागरिकहरु आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत बन्नुपर्ने बताएका छन् ।

नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. खतिवडाले सरकारले लकडाउनन भन्ने शब्द मात्र हटाएको बताए । उनले नागरिकले स्वास्थ्य सतकर्ता अपनाउनु पर्नेमा जोड दिए । उनले जनजीवन सामान्य बनाउन कोराेनासँग लड्दै जोखिम न्यूनिकरण गर्नु पर्ने बताए । काेराेना  जोखिमको बीचमा आतंकित नभई सचेत भई अघि बढ्न सुझाव दिए ।  कोरोनाकाे संक्रमण घटाउन भौतिक दूरी कायम गर्नु पर्ने बताए ।

डा.खतिवडाले  नागरिकहरुले स्वयम् सावधानी अपनाउनु पर्ने बताएका छन् । उनले सिमा क्षेत्रमा लुकिछिपी आउने प्रकृयाबारे सिमाक्षेत्रमा विओपीको व्यवस्था गरिएको बताए।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।