वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक सहित २८ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालमा कार्यरत २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित मध्ये अनुसार ८ जना चिकित्सक, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरी २८ जनामा संक्रमण देखिएको हो । संक्रमित चिकित्सकहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेडिकल अधिकृत रहेका छन् ।एकै पटक २८ जना स्वास्थ्यकर्मीमा काेराेनाा पुष्टि भएसँगै उपचार सेवा समेत प्रभावित बनेको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ । यस्तै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा पनि कोरोना पुष्टि भएको छ ।
नगर प्रमुख बिजय कुमार सरावगीलाई कारोना पुष्टि भएको हो । ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको स्वाब परिक्षणमा कारोना पोजेटिभ देखिएको हो । हाल काेराेनासँग युद्दरत मैदानमा खटिएका स्वाास्थ्यकर्मीहरू बढि प्रभावित बनेका छन् ।




















प्रतिक्रिया