गाई काटेर मासु भाग लगाउँदै गर्दा म्यादीको सदरमुकाम बेनीबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका–६ अर्थुङेका ४८ वर्षीय बीरबहादुर किसान, बेनपा–८ खैरेनीका ६३ वर्षीय चन्द्रे दर्जी, मालिका गाउँपालिका–५ घरभई कालिपुल बस्ने ३५ वर्षीय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ वर्षीयराजु विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार अभियुक्त हिरा रसाईलीको कोठामा मासु बिलो लगाउँदै गरेको अवस्था र केही पकाउँदै गरेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु विरुद्ध राष्ट्रिय जनावर गाई काटेको आरोपमा चारैजनालाई पशुपन्क्षी सम्बन्धी कसूर (गौवध हत्या) मा मुद्धा दर्ता गरी मंगलबार अदालतबाट म्याद लिएर अनुसन्धान थाल्ने जनाइएको छ ।





















प्रतिक्रिया