प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लुम्बिनी प्रदेशसभाको बैठक बष्किार गरेको छ । आफ्नो पार्टीले राखेको मागप्रति सभामुख पूर्ण बहादुर घर्ती उदाशिन रहेको आरोप लगाउँदै एमालेले प्रदेशसभाको बैठक बहिष्कार गरेको हो ।
प्रतिपक्षी एमालेको बहिष्कारकै बीच मुख्यमन्त्री कुलप्रसाद केसीले भने संसदमा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताए । केसी.ले प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीँ अवमूल्यन नगर्ने प्रस्ट पारे ।
उनले प्रतिपक्षका साथीहरूले समेत सहयोग गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे । उनले प्रतिपक्षलाई आफ्ना सबै अहम् समाप्त गरेर, सत्तामा रहने र प्रतिपक्षमा रहने कुरालाई स्वाभाविक प्रक्रिया मानेर, नैतिक मूल्य, मान्यता र आफ्नो निश्चित मर्यादा, संसदीय प्रक्रियाको अवलम्बन गर्न पनि सुझाव दिए ।




















प्रतिक्रिया