वाइसिएलका एक कार्यकर्तासँगको रोमाञ्चक तस्बिरका कारण विवादमा आएकी लुम्बिाी प्रदेशकी सांसद विमला कुमारी वली (खत्री) अदालती झमेलामा परेकी छिन् । स्वर्गीय उत्तरकुमार वलीकी श्रीमती उनी आफ्नै १२ र ९ वर्षीय छोराहरुका कारण अदालती झमेलामा फसेकी हुन् ।
१२ वर्षिय प्रणय र ९ वर्षिय दिवाकरका तर्फबाट उनीहरुका ठूलोबुवा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा छोराहरुका लागि भदौ ३ गते अंश मुद्धा दायर गरेका छन् । उनी विगत चार महिनादेखि घर जान छोडेकाले मुद्धा दर्ता गरेको बताइएको छ ।
निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् ।
निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।
‘विमला सम्पर्कमा आएको भए त्यो अवस्था हुँदैनथ्यो होला, तर उनी ४ महिनादेखि हाम्रो सम्पर्कमा छैनन्, त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो,’ उनले भने ।
उनले थपे, ‘अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई नै थाहा छ । पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले हामीलाई सशंकित बनायो । त्यसैले निवेदन पेश गरेको हुँ ।’
नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।





















प्रतिक्रिया