काठमाडौं । प्रदेश नं. १ मा नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले कसरत सुरु गरेको छ । नेकपा )एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) पार्टी गठन भएपछि विपक्षी गठबन्धनले आफूहरुको नेतृत्वमा नयाँ सरकार बनाउन कसरत सुरु गरेको हो ।
विपक्षी गठबनधनले आफू नेतृत्वको सरकार गिराएर नयाँ सरकार निर्माण गर्ने कसरत सुरु गरेपछि मुख्यमन्त्री शेरधन राईले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने र पार्टी एकता जोगाउन मार्ग प्रशस्त गर्न राजी भएको बताउँदै छलफल थालेका छन् । पार्टी सचिव तथा प्रदेशसभा संसदीय दलमा आफूसँग पराजित सांसद भीम आचार्यले माधव नेपाल खेमा त्यागेको र एमालेले उनलाई मुख्यमन्त्री बनाउने चर्चा चलेकोले मार्ग प्रसस्त गर्न चाहेको बताईएको छ ।
प्रदेश नम्बर १ मा ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसदको मत चाहिन्छ । हाल सभामुख सहित एमालेका ५१ सांसद एमालेका छन् ।
हाल एमालेको एकल बहुमतमा रहेको प्रदेश सरकार ढलाउन नेपाल समूहको मत निर्णायक हुन्छ । हाल नेपालको प्रस्तावित नेकपा (एकिकृत समाजवादी)मा तीनजना सांसदहरु मात्र खुलेका छन् । प्रदेसभा सदस्यहरु राजेन्द्र राई, कृष्ण कुमारी राई र गणेश कम्बांङ्ग मात्र नयाँ पार्टीमा खुलेका हुन् । प्रदेश सरकारमा बहुमत जुटाउन ४७ जना सांसद आवश्यक पर्छ ।
प्रदेश १ मा हाल कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टी (जसपा) का ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक सांसद छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाका बाहेक ८ सांसद भए मात्र नयाँ सरकार बन्न सक्छ । नेपाल नेतृत्वको नयाँ पार्टीमा ८ जना सांसद जुटेमात्र विपक्षीले सरकार बनाउन सक्छन् ।
बुधबार नेपाल नेतृत्वको पार्टीको सनाखत भएर नयाँ पार्टीको आधिकारिकता पाएपछि मात्र सांसदहरु कता खुल्ने पक्का हुने बताइएको छ ।




















प्रतिक्रिया