Logo

पृथ्वी राजमार्ग गजुरीमा पहिरो २ गाडी पुरिएपछि राजमार्ग अवरुद्ध



पृथ्वी राजमार्ग अन्तरगतको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा पहिरो जाँदा २ गाडी पहिरोमा च्यापिएका छन । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नेत्र भट्टका अनुसार काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि पहिरोमा अड्किएको छ।

राजमार्गमा पूर्णरुपमा अवरुद्द भएकाले सडक विभागको गजुरी फिल्ड कार्यालयबाट पहिरो पन्छाउन डोजर लगाइएको छ। भट्टले राजमार्ग खुलाउन १ घन्टाभन्दा बढी लाग्ने बताए  ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।