नेकपा (एमाले) फूटको असर प्रदेश नं. १ मा पनि परेको छ । ५१ सांसद सहित बहुमतको सरकार चलाई रहेको एमालेलाई पार्टी विभाजनकोृ असरसँगै सरकार जोगाउन कठिन परेको छ । पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका मुख्यमन्त्री राई लगायतका सांसदहरु आजै प्रदेश फर्किएका छन् । बिहीबार नै प्रदेश संसदीय दलको बैठकबाट भिम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने र मुख्यमन्त्री राईले पदबाट राजीनामा गरेर एमाले आचार्यलाई दलको मुख्य मन्त्री नियुक्त गर्ने तयारी एमालेको छ ।
यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश(१ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । राजीनामाका लागि राई आज विहान नौ बजे विराटनगर पुगेका थिए ।
मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।
प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ । त्यसमा राजेन्द्र राई, राजन राई र गणेश काम्बाङ माधव नेपालतिर लागेका छन् ।




















प्रतिक्रिया