Logo

धर्म / संस्कृति

आज दिनभर कसको कस्तो छ भाग्य ? हेरौं राशिफल



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा फाइदा हुनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने समय छ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन पनि सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

विवादास्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ने समय छ । मानसम्मानमा बाधा पुग्नेछ । अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । आलाेचकहरूले व्यर्थैमा दुःख दिनेछन् । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । अध्ययनमा प्रगति हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतीक्षित नतिजाले काममा उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला । गोप्य सूचना बाहिरिन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । उपचारमा खर्च हुने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । परिस्थितिले व्यवधान निम्त्याए पनि व्यावसायिक यात्रा हुन सक्छ । सोखले सञ्चित रकम खर्च गराउन सक्छ । विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ । निम्तो मान्न जाँदा आतिथ्य अलि सहज नहुन सक्छ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तर बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको मेसो नमिल्दा केही पछि परिएला । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । परिबन्धले काममा बाधा पुर्याउला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । बुद्धिको उपयोगले मात्र काम बन्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । गोपनीयतामा विशेष सजग रहनुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ०८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।