मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् । कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले अवसर पनि दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ । तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । सुरुमा हडबडी गर्दा काम दोहोर्याउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । अध्ययनमा त्यति समय दिन नसकिएला । अरूका काममा चासाे लिँदा समस्या निम्तिन सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सरसापट तथा सहयोगमा केही नगद बाहिरिएला । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन् । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि मनग्य फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति अनुकूल देखिए पनि अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ । अलमल बढ्नाले काममा पछि परिएला । तत्काल फाइदा नहुने कामकाे जिम्मेवारी वहन गर्नुपर्ला । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । कामको मेसो नमिल्दा केही पछि परिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्छन् । गाेप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ । उपलब्धिका लागि नियमित काम समेत दाेहाेर्याउनुपर्ला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ । सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा भने सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । साँझतिर परिस्थिति अनुकूल बन्नाले फाइदा हुनेछ ।





















प्रतिक्रिया