Logo

कोशी प्रदेश

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ मा



विराटनगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गतेसम्मका लागि सरेको छ ।

बुधबार प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक चैत २ गतेसम्मका लागि स्थगित गरेसँगै मुख्यमन्त्री राईको अविश्वास प्रस्तावमाथिको छलफल पनि सरेको हो ।

भोलि (बिहीबार) दिउँसो १ बजे गर्ने भनिएको प्रदेश सभा बैठक विशेष कारणले चैत २ गते सोमबार बस्नेगरी सरेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

गत फागुन ९ गते अविश्वास प्रस्ताव पेश हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले २० गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

No description available.

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।