Logo

कोशी प्रदेश

केपी ओलीको गाउँपालिकाका अध्यक्षले पनि छोडे एमाले



प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) फूटको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशमा त्याति नपरे पनि अन्य प्रदेशमा भने परेको छ । एमालेका नेताहरुले सार्वजनिक कार्यक्रमहरुमा बोल्दा पार्टी फुटेको नभइ काँचुली फेरेको बताउने गरेको भएता पनि पार्टी फूटको प्रभाव देशव्यापी रुपमा देखिएको हो ।

विशेष गरी प्रभावशाली नेताहरुले आफ्नो निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रको कोही पनि माधवकुमार नेपालले गठन गरेको नेकपा (एकिकृत समाजवादी)मा नगएको बताए पनि त्यस्तो नभएको पाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थल कै अध्यक्ष नेपाल नेतृत्वको समाजवादीमा गएको पाइएको छ । ओलीको जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले नेकपा एमाले छाडेर समाजवादीमा सनाखत गरेको पाइएको हो ।

दशौँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार भएका राई गुटकै कारण पराजित भएका थिए । स्थानीय स्तरमा विष्णु विक्रम सुब्बाका नामले चिनिएका उनी ओलीका विश्वासिला पात्रमध्येका मानिन्थे ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १९:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।