Logo

धर्म / संस्कृति

हेरौं आजको राशिफल, कसको भाग्य कस्तो ?



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च बढ्ने र काम रोकिने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पछिका लागि सकारात्मक पृष्ठभूमि भने तयार हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् । तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ । आफन्तको भरपर्दा धोका हुन सक्छ । साझेदारीका काममा अलि सावधान रहनुहोला । अभिभावक तथा शुभचिन्तकहरूले भने साथ दिनेछन् । अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ । तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आमाको आशीर्वाद लिएर काम गर्दा लाभ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषि तथा पशुपालनमा आम्दानी बढ्नाले धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीले भने केही दुःख दिन सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । काममा रुचि बढ्नेछ भने व्यापारमा राम्रै लाभ हुनेछ । बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । काममा साथ दिनेहरू पनि प्रशस्त हुनेछन् । साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ । तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर कामको मेसो नमिल्दा केही पछि परिनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्म अघि बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ । नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ । शुभचिन्तकहरूले काममा साथ दिनेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ०८:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।