Logo

राजनीति

अपहरणको आरोप लगाउदै शंकर पोखरेलविरुद्ध बिमला वलीको जाहेरी



प्रदेश सांसद बिमला खत्री वलीले एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् ।

आफूलाई दाङबाट अपहरण गरी ल्याएर गत साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ। वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेल पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले निजहरुलाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग समेत गरेकी छन् ।

वलीले साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरी रुपन्देहीमा दर्ता भए पनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको छ । साथै लुम्बिनी प्रदेशमा नेकपा एमालेले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरे प्रदेश सभा बैठक चल्न नदिने एमाले प्रमुख सचेतक भुमिस्वर ढकालले बताएका छन।

सांसद वलीले साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपचारको लागि जाने तयारी गरेको बेला साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानब। उनले राउत लगायतले नेपालगञ्ज लाने भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पुर्याएर पाच दिनसम्म बन्धक बनाएर रखिएको जाहेरीमा उल्लेख गरेकी छिन्। उनले आफूलाई विज्ञप्ती तथा अन्य केही माइन्यूटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप समेत लगाएकी छन्।

यता भूमिश्वरले भने विमलालाई उनकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको स्पष्टीकरण दिएका थिए।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार २३:५७   :  बजे

765
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।