Logo

कोशी प्रदेश

प्रदेश १ मा मन्त्रीपरिषद विस्तार हुँदै, को–को बन्दैछन् म्यादी मन्त्री



प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकार गठन भएदेखि अल्पमतमा परेको मुख्यमन्त्री अचार्यले बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरी मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार सम्भवतः बुधबार नै मन्त्रीपरिषद विस्तार हुनेछ । जसमा म्यादी मन्त्रीहरु थपिनेछन् । यसरी म्यादी मन्त्री हुनेमा तुलसी न्यौपाने र हिरा थापा नाम आएको छ भने ज्ञानेश्वर राजवंशी, अम्बिका थापा र लीलाबल्लभ अधिकारी म्यादी राज्यमन्त्री हुने पक्कापक्की जस्तै छ ।

एमाले सांसद लीलाबल्लभ अधिकारीले साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १७:२४   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।