Logo

कोशी प्रदेश

प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज २२ विश्वासको मत लिने



प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमालेको विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गते अधिवेशन बोलाउन सिफारिस गरेको हो। विश्वासको मत लिने योजना बनाएका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गर्नु भएको छ ।

संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । यस्तै मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।

यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण समेत गराउनु भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १२:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।