Logo

समाचार

निर्माणाधीन घरबाट लडेर १ जना मिस्त्रीको मृत्यु



निर्माणाधीन घरमा काम गर्दागर्दै लडेर एकजना मजदुरको मृत्यु भएको छ। घर बनाउने क्रममा बुटवल उपमहानगरपालिका(१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका-९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

देव बहादुर खत्रीले बनाउदै गरेको घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लडे पछि गम्भीर घाइते भएका चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै खसेर घाइते भएका बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २५ वर्षीय गोबिन्द प्रसाद थारुको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १४:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।