Logo

समाचार

सुकुम्बासीलाई जोखिमबाट जोगाउन स्थानान्तरण गरिएको हो : प्रधानमन्त्री शाह



प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई मनसुनजन्य जोखिमबाट जोगाउने उद्देश्यले स्थानान्तरण गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको आजको बैठममा सांसदहरूको प्रश्नको जवाफ दिँदै विगतमा वर्षायामका बेला बाढी र डुबानको उच्च जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय मानव जीवनको सुरक्षालाई केन्द्रमा राखेर गरिएको बताए।

उनले सुकुम्बासी समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्नुका साथै खानेपानी, सरसफाइ र आधारभूत सेवासुविधाको पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ स्थानान्तरण प्रक्रिया अघि बढाइएको बताए।

‘खोला किनारका बस्तीहरूमा बसोबास गर्ने नागरिकहरूलाई मनसुनको समयमा हुने जोखिमबाट जोगाउनु राज्यको दायित्व हो। सुरक्षित स्थानमा स्थानान्तरण गरेर उनीहरूलाई खानेपानी लगायतका आधारभूत समस्याबाट पनि मुक्ति दिलाउने उद्देश्य राखिएको छ,’ प्रधानमन्त्री शाहले भने।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।