काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् ।
आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । त्यसको जवाफमा प्रधानमन्त्री यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको र भारतले यसको जवाफ पनि दिएको जानकारी दिएका हुन् ।
उनले भने,‘लिपुलेक लिम्पियाधुराकोको विषयमा सरकारले अफिसियल रुपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ । जवाफ पनि आएको छ । जवाफमा दुबै देशका सरकारले आफ्नो इतिहास विद्हरु राखेर र आफ्नो भूमिसम्बन्धी जानकारी भएकाहरुलाई राखेर टेबलटक मार्फत यो कुराको समाधान गर्ने कुरा भएको छ । यसमा भारत र चीन मात्र नभएर ईंग्ल्यान्ड सरकारसँग पनि कुरा गर्ने छौं । छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने छौं ।’




















प्रतिक्रिया