काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।
उनले आफ्नो पार्टी र सत्तारुढ दल रास्वपाले सुकुमवासीको समस्या समाधान र उचित व्यवस्थापन गर्ने जिकिर गरे ।
‘म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको के थियो भने, उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर, होल्डिङ सेन्टरमा राखेर जो सहि सुकुमवासी हुनुहुन्छ, जसको देशैभरी जग्गा पनि छैन, उहाँहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्नुपर्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।
शाहले भने, ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस ।




















प्रतिक्रिया