Logo

प्रमुख समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, भर्खर थाहा पाएँ: प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताए ।

उनले नेपालले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे ।

उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।’

 

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।