एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बोनस अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस रकम बोनस पाउने छन् ।
असोज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने यो अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।
कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।
बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा रहेका नेपालीहरूले वर्ल्डरेमिटको एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सक्नेछन् ।





















प्रतिक्रिया