विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि तीनवटा आकाशे पुल बन्ने भएका छन् ।
विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुलको सोमबार शिलान्यास गरिएको छ । चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।
कला विल्डरले बरगाछी र घाँस चोकको तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको इन्जिनियर थापाले बताए ।




















प्रतिक्रिया