बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएपछि बीमा कम्पनीहरू शेयर बजारतर्फ आकर्षित भएको पाइएको छ । बीमा कम्पनीहरूको मुख्य लगानीको क्षेत्र बैंकको निक्षेप हो ।
तर, कोरोना महामारीका कारण बैंकहरूले ब्याजदर घटाएपछि बीमा कम्पनीहरूले शेयर बजारमा लगानी बढाएका हुन् । पछिल्लोपटक नेपाली शेयरबजार बुलिश ट्रेन्डमा रहँदा बीमा कम्पनीहरूलाई लगानी गर्न प्रोत्साहन मिलेको छ ।
यद्यपि, पछिल्लो केही दिनयता शेयरबजार घटिरहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म शेयरबजार बढ्दो बुलिश ट्रेन्डमै रहेको थियो । सो अवधिमा शेयरमा लगानी बढाएको बीमा कम्पनीहरू बताउँछन् ।
चालू आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुस मसान्त) सम्म निर्जीवन र जीवन बीमा कम्पनीहरूले करीब ३ अर्ब रुपैयाँ लगानी गरेका छन् । बीमा समितिको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत असोज मसान्तसम्म शेयरबजारमा बीमा कम्पनीहरूको लगानी २१ अर्ब ७४ करोड रुपैयाँ थियो । तर, पुस मसान्तमा यस्तो लगानी २४ अर्ब ६६ करोड पुगेको छ ।
दोस्रो त्रैमासमा मात्र बीमा कम्पनीहरूले शेयरमा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ लगानी थपेको देखिन्छ । यसबीचमा शेयरबजार बढेकाले अधिकांश कम्पनीले शेयर विक्री गरेर नाफा कमाएका छन् । त्यसको असरले चालू आवको दोस्रो त्रैमासमा कम्पनीहरूको नाफा पनि ≈वात्तै बढेको थियो । यस अवधिमा शेयरबजारमा लगानीसँगै विक्री पनि गरिएको कम्पनीहरू बताउँछन् ।
हाल नेपालमा २० निर्जीवन र १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा निर्जीवन बीमा कम्पनीतर्पm द ओरियन्टल एवं जीवन बीमातर्पm मेट लाइफ र महालक्ष्मी लाइफले भने शेयरबजारमा लगानी गरेका छैनन् ।
जीवन बीमा कम्पनीहरूले १८ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन् । गत असोज मसान्तसम्म जीवन बीमा कम्पनीको शेयरबजारमा १६ अर्ब ३४ करोड शेयर थियो । सोहीअनुसार दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूले मात्र रू। २ अर्ब ५३ करोड लगानी बढाएका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरूले पछिल्लो ३ महीनामा ४० करोड रुपैयाँ लगानी शेयरबजारमा थपेका छन् । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
प्रतिक्रिया