नेपाल पर्यटन बोर्डमा सीईओ धनञ्जय रेग्मी परिस्थितिलाई आफू अनुकूल बनाउन थालेका छन् । १२ वर्षपछि बोर्डमा उपाध्यक्ष नियुक्त भएपछि रेग्मीले बाटो बदलेका हुन् । एक हप्ताअघि बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल चयन भएका छन् ।
सुरुमा उपाध्यक्ष बनाउन नहुने लाइनमा रहेका रेग्मी अहिले भने भने रिजालबाटै काम लिने ध्याउन्नमा लागेको स्रोत बताउँछ । स्रोतका अनुसार पर्यटनमन्त्री भानुभक्त ढकालको विश्वास पात्रको रुपमा बोर्डमा उपाध्यक्ष हुन पुगेका रिजाललाई साथ नलिई रेग्मी चटपटाउनै नसक्ने अवस्था देखिएपछि रिजालको लाइनमा आएका हुन् ।
रिजाल बोर्ड सदस्य आउनुभनदा पहिला नै केही व्यक्ति रिजाललाई रोक्न खोजिरहेका थिए । बालुवाटारबाट पनि रिजालप्रति ग्रीन सिग्नल थिएन । त्यसलाई अटेर गरेर नै मन्त्री ढकालले रिजाललाई नियुक्त गरेका हुन् । एमालेको पर्यटन संगठनमा नेतासमेत रहेका रिजाललाई रोक्दा केही स्वार्थी व्यापारीहरुको प्रवेश हुने संकेत पाएपछि मन्त्री ढकालले रिजाललाई नियुक्त गरेका थिए ।
सिएन पाण्डे, अनिल लामाहरुको एउटा टोली जसरी पनि बोर्ड सदस्य हुन खोजिरहेका थिए । उनीहरुलाई ल्याउन रेग्मीको टोली पनि सक्रिय थियो । तर, अहिले रिजाल उपाध्यक्ष भएपछि रेग्मीले सचिव यादव कोइरालासँग टाउ दुखाउने काम भने कम हुने भन्दै रिजाललाई सथ लिन खोजिरहेका हुन् ।
रिजाललाई साथ लिँदा मन्त्रीको पनि विश्वास जित्न सकिने आंकलन रेग्मीको छ । रेग्मी तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा नियुक्त भएका कारण पनि अहिले काम गर्न ढकालको विश्वास नजिती नहुने अवस्था छ । एमालेका भट्टराई र ढकाल बिच पुरानो दुश्मनीको चर्चा पनि पर्यटनमा चल्दैछ । साँघुबाट ।
प्रतिक्रिया