Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेशमा झण्डै ४१ अर्ब को बजेट (पूर्ण पाठ)



लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका हुन् ।

मन्त्री खड्काले चालु आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको व्यवस्था गरेका छन् ।

प्रदेशमा नयाँ सरकार गठन भएको र नयाँ सरकारको सोच तथा प्राथमिकतालाई समाहित गरी बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा गर्न आवश्यक भएकाले अर्थसम्बन्धी विधेयक ल्याइएको विधेयक प्रस्तुतका क्रममा मन्त्री खड्काले बताए ।

विधेयकमा कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार, पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार रुपैयाँ तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार