Logo

नेप्सेको त्रुटीः वोमी लघुवित्तको कारोबार रोकियो



समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरेर वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असोज ८ गतेदेखि लागु हुने गरी रोक्का गरेको छ । नेप्सेको लापरबाहीले बिना कारण सूचिकृत कम्पनीको सेयर कारोबार रोक्का हुने अवस्थामा पुगेको हो ।

नेप्सेले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार असोज ८ गतेदेखि रोक्का राख्ने निर्णय गरेको जनाएको छ । 
तर नेप्सेको सुचनामा समाजको कारोबार रोकिएको बताउनु पर्नेमा वोमीको कारोबार रोकिएको जनाएको छ । नेप्से स्रोतले यो भुलवस हुन गएको बताएको छ । 

नेप्सेको सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले हस्ताक्षर गरेको पत्र अनुसार समाज लघुवित्त वित्तीय संस्थानको असोज ५ गतेको पत्र अनुसार समाज र स्वस्तीक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएको अवगत भएको उल्लेख छ ।

 

omi-and-samaj (1).jpg

 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  २ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।