Logo

खेलकुद

विश्वकप छनौटमा एण्डोरामाथि इङल्याण्डको फराकिलो जित



युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्डले एन्डोरामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा समुह आइमा रहेको इङल्याण्डले एण्डोरालाई ५-० गोल अन्तरले पराजित गरको हो । इङल्याण्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी अब्राहिम, जेम्स वार्ड प्रोवेज र ज्याक ग्रीलिशले एक एक गोल गरेका थिए ।

यो जितपछि इङल्याण्डले समुह आईमा ७ खेलमा छैटौ जित हासिल गरेको छ । इङल्याण्ड १९ अंक अहित समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एण्डोराको भने ७ खेलमा केबल ३ अंक रहेको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  ९ : ०६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।