Logo

प्रदेश न. १

भूगोलमा एमालेको जनाधार कति पनि छैन (भिडियो सहित)



राजनीतिमा केन्द्रीय नेताहरुको भन्दा भूगोलमा बसेर आम जनता र कार्यकर्ताहरुको भावना बुझेका स्थानीय नेताहरुको भनाइलाई सत्य मान्नु पर्छ । केन्द्रमा रहेर पनि जिल्ला तथा स्थानीय स्तरका नेताहरुले गरेको रिपोर्टिङ गरेका आधारमा नेताहरुले आफ्नो जनमतको मुल्याँकन गरी बोल्ने हुन् । कार्यकर्ताको स्तरमा उनीहरुको सम्बन्ध गहिरो हुदैन नै । जति स्थानीयहरुको टोल–टोलमा र घर–घरमा पुगेका नेताहरुको हुन्छ ।

यस्तै आफ्नो राजनीतिलाई भूगोलमा जोडेर स्थानीय जनताहरुको वास्तविक अभिभावकत्व गर्ने जिल्ला नेतामा पर्छन् हर्कबहादुर नेम्बाङ मिक्सो । नेकपा (माओवादी केन्द्र)को पाँचथर जिल्ला सह–इन्चार्ज एवम् प्रदेश नं. १ को पार्टी कमिटिमा सदस्य रहेका उनै मिक्सोसँग अनलाइनपानाले कुराकानी गरेको छ ।

समसायिक राजनीतिक विषय र अहिले भूगोलमा भएको राजनीतिक दलको अवस्थाले आगामी निर्वाचनमा कस्तो असर पार्ला भन्ने चासो राखेर गरिएको कुराकानीको पुरा अंश भिडियोमा :

प्रकाशित : २४ आश्विन २०७८, आइतबार