Logo

शेयर बजार

जलविद्युतमा झुम्मिए लगानीकर्ता, सेयर बजारमा सामान्य सुधार



साताको अन्तिम कारोबार दिन आज नेप्सेमा सामान्य सुधार भएको छ । नेप्से परिसूचक आज ५ दशमलव ७४ अंकले बढेर १५६१ दशमलव २७ बिन्दुमा रोकिएको छ । 

आज दिनभर कारोबारमा आएका १९३ कम्पनीको ८९ लाख ५० हजार २१ कित्ता सेयर खरिद बिक्रि हुँदा २ अर्ब २२ करोड ९३ लाख १९ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको  छ ।

यो दिन बैंकिङ्ग,फाइनान्स, होटल, हाइड्रोपावर, अन्य र ट्रेडिङ्ग समूहको उपसूचकमा हरियो देखिएको छ । भने अरु उपसूचकहरु ओरालो लागेका छन् । पछिल्ला दिनहरुमा लगानीकर्ताहरु हाईड्रोपावर तिर आर्कषित भएका छन् । 

यो दिन ओपि, माउन्टेन हाइड्रो नेपाल, हिमाल दोलखा हाइड्रोपावर, सेर्नेर्गी पावर, दिव्योश्वरी हाइड्रोपावर, बरुन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर,खानीखोला हाइड्रोपावर, छ्याङगढी हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर लगायतका हाइड्रोपावर कम्पनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  ३ : १८ बजे