Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

बिश्वकप लिग-२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति अक्टोबर ३१ सम्म रहेको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार  ११ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।