Logo

कोशी प्रदेश

घरायसी झगडामा श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो



तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यृ भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छिन् ।

छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ बर्षीया गोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । हात हालाहालमा श्रीमती ५२ बर्षीया भक्तकुुमारी लिम्बु गम्भीर घाईते भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च गणेश राईले जानकारी दिए ।

घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोबिन्दको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ। कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको छ ।

यसैबीच, मृतकको शवलाई पोसमार्टमको लागी धनकुटा लैजाने तयारी भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार  ११ : ३९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।