Logo

बैंकिङ

सांग्रिला बैकको अर्को बदमासी बाहिरियो, कमिसनको चक्करमा खराब कर्जा प्रवाह



सांग्रिला विकास बैंकमा अर्पणा बज्राचार्यले बजार प्रमुखको जिम्मेवारी लिएपछि चिफ अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशी र मुख्य कर्जा अधिकृत रञ्जित मास्के, एचआर प्रमुख लेखनाथ पौडेल र आईटी हेड सन्तोष पंगेनीलाई हातमा लिएर कस्तो बितण्डा मच्चाई रहेकी छिन् भन्ने बारेमा त हामीले यसअघि नै उल्लेख गरिसकेका छौं । तर यो भन्दा पनि बैंकका निक्षेपकर्ताको मुटु हल्लाउँने अर्को बदमासी बाहिरिएको छ । बैंकका यही समूहको मिलेमतोमा कम मुल्याँकनको धितो राखेर बढी रकम ऋण दिने गरिएको रहस्य बाहिरिएको हो ।

बजारमा आफ्नो बैंकको पनि प्रभाव देखाउँने भन्दै उनीहरुले बैंकको भविष्यलाई नै दाउमा राखेर खराब कर्जा प्रवाह गरिरहेको खुलेको छ । ‘बैंक नै धरासयी हुने गरी कर्जा प्रवाह गरिएको छ । कमसल धितोलाई पनि सयौं गुणा बढी रकम दिईएको छ । त्यो ऋण ज्यान जाला उठ्दैन ।’- बैंककै भित्री श्रोतले भन्यो । 

आम सर्वसाधारणबाट संकलित रकमबाट सञ्चालित बैंकमा रहेको निक्षेपलाई नै जोखिममा पारेर ऋण प्रवाह गर्नुमा कमिसनको चक्कर मुख्य कारण रहेको बताईएको छ । हाल पनि विकास बैंकहरु मध्येको अत्यन्त नाजुक अवस्थामा रहेको यो बैंकको यस्तो हालत हुँदा पनि यसको नियामक निकाय नेपाल राष्ट्र बैंकले मौनता साँधेर बस्नु अर्को रहस्यमय छ ।  

साँग्रिला बैंकमा अर्पणा आतंक, बैंकको साख र कारोबारमा धक्का

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार २०:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।