प्रदेश नं. १ का मुख्यमनत्री भीम आचार्यले आज प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दैछन् । शुक्रबार १ बजेका लागि तय भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्न लागेका हुन् ।
गत भदौ १० गते उनी प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले गत असोज २५ गते विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । शुक्रबारका लागि आह्वान भएको प्रदेश १ को प्रदेशसभा बैठकमा विश्वासको मत टेबल हुनैपर्ने संवैधानिक बाध्यताका कारण आचार्यले उक्त प्रस्ताव पेश गर्न लागेका हुन् ।
९२ संसद सदस्य रहेको प्रदेश नं. १ मा बहुमत देखाउन ४७ सांसदको आवश्यकता पर्छ । तर, सत्तारुढ नेकपा (एमाले) विभाजन भएसँगै प्रदेशसभाका उसँग जम्मा ४१ जना सांसद रहेका छन् भने विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् ।
आचार्यले विश्वासको मत लिएर सरकार टिकाउने प्रयास गरे पनि प्रदेशसभामा तत्काल कायम रहेको संसदको बहुमतबाट विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभए उनी पदमुक्त हुनेछन् ।





















प्रतिक्रिया