Logo

खेलकुद

इण्डोनेसियाविरुद्ध अर्पणले कप्तानी गर्दा आक्रामण अभिषेकले सम्हाल्ने



काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । ताजकिस्तानमा हुन लागेको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका छन् । 

नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गर्नेछन् । यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइन अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले सम्हाल्नेछन् । 

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । 

नेपाली टोली

गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
स्ट्राइकर- अभिषेक रिजाल 
 

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  ६ : ३२ बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।