Logo

नेपाल इन्भेष्टिमेन्टको साधारण सभा असोज २८ मा, सिटी एक्सप्रेस फाइनान्स प्राप्तिको प्रस्ताव लैजादैँ 



नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । बैंकले साधारण सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन)को विशेष प्रस्ताव लैजाने जनाएको छ । बैंकले फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भएका सम्झौताहरुको अनुमोदन गर्ने छ । वेवनारमार्फत हुने साधारण विशेष साभारण सभा सहभागी हुन चाहनेले आईडी र पासवर्ड पाउने छन् ।

बैंकले साधारण सभा गर्नको लागि असोज १६ गतेदेखि सेयर दाखिला खारेज दर्ता बन्द गर्ने जनाएको छ । बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्गमा बिहान १० बजेदेखि वेबनार मार्फन साधारण सभा हुने भएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  १२ : २२ बजे