Logo

कोशी प्रदेश

प्रदेश नं. १ मा मन्त्री बन्न तछाड-मछाड, भागबन्डा मिलाउन मन्त्रालय फुटाइने



काठमाडौं । गठबन्धनको तर्फबाट राजेन्द्रकुमार राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएको भएता पनि मन्त्रीहरुको टुंगो लगाउन भने दलहरुलाई चुनौती देखिएको छ । मंगलबार नं मुख्यमन्त्री राईले आफूसहित कम्तीमा चारदलबाट एक–एक जना मन्त्री बनाएर पाँच सदस्ययीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकोमा मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण चुनौती देखिएको हो ।

मुख्यमन्त्री राइले कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री नियुक्त गर्ने भएका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता तथा पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्वो मौसमले अनलाइनपानालाई बताए अनुसार मन्त्री बन्न चाहाने आकांक्षीहरुको संख्या ठूलो छ । गठबन्धन हाल तीब्र छलफलमा रहेको छ ।

सातवटा मन्त्रालय रहेको प्रदेश नं. १ मा मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि मन्त्रालय फुटाएर भएपनि सन्तुलन मिलाउने प्रयासमा गठबन्धन रहेको छ । प्रदेश नं. १ मा मन्त्रालयको संख्या १० पुर्‍याएर चार राज्यमन्त्री बनाउने चर्चा चलेपनि कुन–कुन मन्त्रालय फुटाउने भन्ने बारे टुङ्गो लाग्न बाँकी छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १४:२८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।