चितवन । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गर्यो ।
आउँदै गरेको दिपावली, छठ तथा नेपाल सम्वतको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो ।
चितवनको सौराहामा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल रहेका थिए । कार्यक्रममा बोल्दै खनालले आफूले भर्खरै मात्र उक्त मन्त्रालय सम्हालेको जनाउदै छोटो समयमा आवश्यक ऐन कानून निर्माण गरी प्रदेशको विकास गर्ने जानकारि दिए ।
प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सदैव तत्पर रहने उहाँकोखनालको भनाई रहेको थियो । वर्तमान सरकारले कुनैपनि कारणले पत्रकारलाई भेदभाव नगर्ने वचन समेत उनले दिए । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहने भनाई उनको छ ।
संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सेनाको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष कृष्ण पन्त, बद्री घिमिरे, अर्जुन ढकाल, बाबुराम पाठक, विजय खनाल, हरि अधिकारी लगायत नेपाल खेलकुद महासंघकि महिला बिभाग प्रमुख डिलकुमारि नेपाल लगायत चितवनमा क्रियाशील पत्रकारहरुको सहभागीता थियो ।





















प्रतिक्रिया