सबै पार्टीहरू मिलेर नयाँ सरकार बनाऔँ भन्ने निरक्षमा पुग्ने हो भने चुनावी सरकारको नेतृत्व काँग्रेसको सरकारले गर्ने नेपाली काँग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय महिला विभागले आयोजना भएको एक कार्यक्रमका बोल्दै पूर्व मन्त्री महतले यस्तो बताएका हुन् । उनले भने ‘पार्टीहरू मिलेर सरकार बनाऔँ भन्ने निष्कर्षमा सबै पुग्छ भने त्यो चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्छ हैन अनेकौँ बहानाजी गर्ने, कताबाट बढी फँदा आउँछ भनेर हेर्ने, केही पनि गर्न नमिल्ने गरेर हातखुट्टा बाँधेर नेपाली काँग्रेसले सरकार अहिले बनाउँदैन ।’
यस्तो किसिमको सरकार अरूले नै बनाउने र त्यस प्रकारको सरकारमा काँग्रेसको सहभागी नरहनेमा नेता महतले जोड दिए ।
प्रतिक्रिया