Logo

कर्णाली प्रदेश

कर्णालीको कानून मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त



सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका छन् । बाँकी मन्त्रीहरु भने केही दिनमा नियुक्त हुने बताइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ४४ बजे