Logo

लुम्बिनी प्रदेश

सडक भासिएर स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु




दाङ । सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा दाङमा चालकको मृत्यु भएको छ । बिहीबार बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्काभेटर पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको दुर्घटना भएको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी भने सामान्य घाइते भएका छन् ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : ०३ बजे