Logo

कर्णाली प्रदेश

मुगुकी ६ वर्षीया बालिका खोलामा बेपत्ता



मुगु । मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन्।

जिल्लाको खत्याड गाउँपालिका(४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन्।

बिहीबार ४ बजे तिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर परिवार तथा स्थानीयहरूले खोज तलास गरिरहेका छन् । लगातार खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  ८ : ५७ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।