Logo

कोशी प्रदेश

कांग्रेस महाधिवेशन : उदयपुर २ (क) मा मतपत्र च्यातियाे



उदयपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएकाे छ । निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ ।

उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) (ख) निर्वाचन क्षेत्र २ को (ख) को मतपरीणाम सार्वजनिक भएकाे छ । निर्वाचन क्षेत्र २ (क) को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ ।

१ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित भएका छन् । उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन् । १ (क) मा अर्जुन दाहाल विजयी भएका छन् । उनी कोइराला–पौडेल पक्षका हुन् ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  ९ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।