Logo

प्रमुख समाचार

मतगणना स्थलमै उम्मेदवारको नाकको डाँडी भाँचियो, पाँच जना घाइते



बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।

मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।

घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।

घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  ९ : ४८ बजे

1.215k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।