विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण झापा जिल्लाको कारागारमा रहेका सात जना कैदीबन्दी सहित १० संक्रमित बनेका छन् ।
जसमध्ये एक महिला सहित सात कैदी, एक भान्से र दुई जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीलाई कोरोना संक्रमण देखिएपछि कारगारभित्र त्रास सिर्जना भएको छ ।
कोरोना संक्रमण देखिएका कैदीबन्दी र प्रहरी कर्मचारीलाई मेची प्रादेशिक कोभिड अस्पताल पठाइएको छ । हाल झापामा कोरोना संक्रमितको संख्या ८ सय ३६ पुगेको छ ।
जसमध्ये ६ जनाको मृत्यु भएको छ भने ७ सय ५७ जना उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिए ।
प्रतिक्रिया