Logo

अन्तरवार्ता

नगरपालिकामा विकासको जग बसेको छ : मेयर अनिल कुमार यादव [अन्तर्वार्ता]



प्रदेश न. २ मा अन्र्तगत धनुसा जिल्लाको भारतसंग सिमाना जोडिएको मिथिला बिहारी नगरपालिकामा जनप्रतिनिधिहरु केन्द्र सरकारमा जस्तै गरी पक्ष विपक्षमा विभाजन हुने गरेको नगर प्रमुखले भताएका छन् । नेकपा एमालेबाट उमेदवार भएर २०७४ सालको स्थानिय चुनावमा निर्वाचीत मेयर अनिल कुमार यादवसंग मिथिला बिहारी नगरपालिकामा भैरेहको विकास निर्माणका कार्यहरु र नगरको सम्पूर्ण गतिविधिहरुमा केन्द्रीत भएर अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

मिथिला बिहारी नगरपालिकामा कोरोना महामारी नियन्त्रण कसरी गरिरहनुभएको छ ?

सर्वप्रथम हामीले जहिले कोरोना महामारी फैलिन थाल्ने बेलामै सबै वडाहरुमा माक्स, सेनिटाइजर, साबुन लागयतका स्वास्थ्य सामग्रीहरु वितरण गरियो । त्यसपछी सार्वजनिक सहयोग केन्द्र सन्चालन र क्वारेन्टाइन सन्चालन गरियो । विदेशबाट आउनेहरुलाई नाकामा गाडी पठाएर नगरमा ल्याएर क्वारेन्टाइनमा राख्ने गरियो । हाम्रो नगरपालिकामा पहिले ५ वटा स्वास्थ्य चौकी थियो हामीले १० वटैमा आधारभूत स्वास्थय चौकी बनाएका छौं । हाम्रोमा वडा नम्बर ५ को वडाअध्यक्ष बिनोद कुमार मण्डल र जनकपुर अस्पतालमा आवद्ध एक जना स्वास्थ्य कर्मीसहित केही व्यक्ति कोरोनाका कारण बित्नुभयो यसमा हामी अत्यन्त दुखि छौं ।

बिकास निर्माणका कामहरु कसरि अगाडि बढिरहेको छ ?

मिथिला बिहारी नगरपालिकामा हामीले ५ वटा माध्यामिक विद्यालयहरुमा चार कोठे पक्की भवन बनाएका छौं । हामी निर्वाचीत भएर आउँदा गाउँको सबै बाटोहरु ग्रबल पनि थिएन हाल १० वटै वडाहरुमा बाटो ढलान र पिच बनाएका छौं । हरेक वडाहरुमा मन्दिर, मदरसाहरु जस्ता भौतिक निर्माण र वडाका जनताको माग अनुसारका भौतिक निर्माणहरु गरेका छौं । गरिबहरुलाई नगरपालिकाले खानेपानीको व्यवस्था गरेको छ । कृषि क्षेत्रलाई लाभ हुने गरि कृषि रोडहरु बनाएका छौं । कृषिमा खपत भएको विद्युतमा छुट दिएका छौं ।

जनताको माग र चाहानाहरु कतिसम्म पूरा गर्नुभयो ?

जनताको धेरै चाहानाहरु पूरा भएको छ । हामीलाई कोरोनाले विकास निर्माणमा केही बाधा पुरायो तर यदि पालिका सरकार नहुने हो भने कोरोना महामारी रोक्न धेरै सकस हुन्थ्यो । हामीले माहामारीलाई नियन्त्रण गर्न सफल भएका छौं । भौतिक पूर्वाधारका कुराहरुमा सडक, विद्यालय, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा राम्रो विकास गरेका छौं । मुख्य कुरा हामीले विकास कहिले पनि नसकिने कुरा हो भनेर बुझन जरुरी छ । नयाँ—नयाँ प्रविधिहरु आइरहेको हुन्छ । जति पूरा गर्दै गयो त्यती अपेक्षाहरु निरनन्तर बढिरहन्छ । बाकी अपेक्षाहरु पनि आउँदा दिनहरुमा पूरा हुनेछन् ।

लगभग कार्यकाल सकिदै छ । यो कार्यकाल कति उपलब्धिमूलक भयो ?

सरकार चलाउन हाम्रोमा बहुमत अल्पमतको कुरा धेरै आयो । १० वटा मध्ये एउटा वडामा मात्रै हाम्रो पार्टीले जितेको थियो । ९ वटा वडाका वडा अध्यक्षहरु अन्य पार्टीबाट जितेको हो । हामी मेयर र उपमेर चै नेकपा एमालेबाट जितेको हुनाले बहूमत भएन । बहूमत नभएकोले सरकार चलाउन धेरै गाह्रो हुँदो रहेछ । केन्द्र सरकारमा जसरि नै जनप्रतिनिधिहरुले प्रतिपक्षेको भूमिका खेल्नले जनतासंग चुनावताका गरेको प्रतिवद्धता पूरा गर्न धेरै कठिन भयो । तर पनि हामीले विभिन्न चुनौतिहरुको सामना गर्दै उपलब्धि पनि हाँसील गरेको छौं ।

मिथिला बिहारी नगरपालिका र नागरिकबीचको सम्बन्ध कस्तो छ ?

हाम्रोमा नगरिक र नगरपालिकाबीचको सम्बन्ध एकदमै राम्रो छ । पालिका सरकार आउनुभन्दा पहिले कुनै पनि नगरिकलाई नगारिकता बनाउने जस्ता कुनै पनि कामहरु गर्न पर्दा गाविस सचिवहरु आफ्नो डियूटीमा नबस्ने समस्या थियो । स्थानिय सरकार आएपछि कुनै पनि वडामा जनताको आज वडा कार्यलय खुलेन, सचिव भेटिएन, मेरो सिफारीस भएना जस्ता कुनै पनि गुनासो आएको छैन् । स्थानिय सरकार आएपछि हामीले शनिबार पनि जनतालाई सेवा दिएका छौं । विकास निर्माणका कामहरुमा पनि राम्रो जनसहभागितामा भएको छ । हामी जनप्रतिनिधिहरु जनताको घर—घरमा पुगेका छौं ।

संघ सरकार र प्रदेश सरकारबाट के कस्ता सहयोगहरु पाउनुभयो ?

संघ सरकार र प्रदेश सरकार दुबैले नियम अनुसार दिनुपर्ने जति बजेट दिएका नै छन् । केन्द्रमा अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले सडको योजना ल्याउनु भएको थियो । २ नम्बर प्रदेश सरकारबाट भने नगरपालिकाले पाउनुपर्ने बाहेकको कुनै योजना आएको छैन् ।

तपाईको यो कार्यकालमा गर्नै पर्ने तर बाँकी रहेको कामहरु के—के हो ?

पहिले पनि मैले भनिसके विकास कहिल्यै पनि सकिदैन । नगरपालिकाका धेरै युवाहरु विदेश जान्छन्, उनिहरुलाई यहि रोजगारी प्रदान गर्ने गरी कुनै राम्रो व्यवसाय स्थापना गर्न बाँकी छ । मौषम अनुसारको खेती गर्नका लागि किसनहरुलाई नालाको व्यवस्था गर्न बाँकी छ । यस अर्थमा विकास गर्न धेरै बाँकी छ तर विकासको जग भने बसिसकेको छ ।

मिथिला बिहारी नगरपालिकामा भ्रष्टचार मौलाएको भन्ने सुनिन्छ । यसमा के भन्नुहुन्छ ?

हाल सबैलाई बोल्ने स्वतन्त्रता छ । तर हाम्रो भ्रष्टचार भएको छैन् । कोरोना नियन्त्रण गर्दा होस् या विकास निर्माणका कामहरु गर्दा हाम्रोमा कहिले पनि अनियमितता भएको छैन् ।

पालिका सरकारमा प्रमुख भएर काम गर्दा कस्ता चुनौतीहरु समाना गर्नुपर्‍यो ?

पालिकाको सभा रोकीदा पालिका सरकार प्रमुखलाई आफ्नो पालिकाको कर्मचारीहरुलाई तलब र नागरिकलाई सामाजिक सुरक्षा भत्तादिने विशेष अधिकार छैन । यसले गर्दा गाह्रा भयो । पार्टीको बहुमत नहुँदा पनि गाह्रा हुन्छ । गाउँकै बिकास गर्ने हो त्यसैले कुनै जनप्रतिनिधि पनि पक्ष विपक्ष हुनु हुँदैन ।

अन्त्यमा, तपाईले यो कार्यकालमा गर्नुभएको मुख्य—मुख्य कामहरु के—के हो रु

हामीले शिक्षाको क्षेत्रमा भौतिक निर्माणका कामहरु गरेका छौं । कृषिमा सिचाईका कामहरु भएका छन्, प्रत्येक वडामा पिसिसि ढलान भएको छ, स्वास्थ्यको क्षेत्रमा सबै वडामा स्वास्थ्य चौकीहरु निर्माण भएका छन् । खानेपानीमा पनि राम्रो काम भएका छन्, ५ घर गरिबहरुलाई आवासको व्यवस्था गरेका छौं ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ४१ बजे